‘यो पाली रगतलाई न्याय’ भन्दै सुदन गुरुङले सार्वजनिक गरे वाचापत्र

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का उम्मेदवार सुदन गुरुङले चुनावी वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेका छन् ।

जेनजी आन्दोलनपछि चर्चामा आएका सुदनले ‘यो पाली रगतलाई न्याय’ भन्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो वाचापत्रको पहिलो बुँदा जेनजी म्यान्डेट, न्याय र आन्दोलनको संस्थागतकरण गर्ने घोषणा गरेका छन् । विभिन्न १५ वटा बुँदामा आफ्नो योजना राखेका सुदनले भ्रष्टाचारमुक्त समाज निर्माणदेखि बूढीगण्डकी न्यायपूर्ण पुनर्वास र आर्थिक रुपान्तरणलाई जोड दिएका छन् ।

साथै उनले धर्मनिरपेक्षता, सबै धर्मको सम्मान र सामाजिक सद्भाव, सार्वजनिक जवाफदेहिता र क्षेत्रीय उपस्थितिलाई आफ्नो वाचापत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?