मतदानकै दिन साँझदेखि मतगणना शुरु गर्ने आयोगको तयारी

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको उनले बताए ।

प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनको भनाई छ । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारे ।

‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदान पश्चात मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ । हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौ । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ । त्यो बाहेक मतगणनाकै बेलामा पनि त्यसको लागि नेसेसरी एरेन्जमेन्ट मतदानको दिन भन्दा पहिले नै आवश्यक एरेन्जमेन्ट मिलाएर राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणना मतदान भएकै दिन साँझबाट मतगणना शुरु गर्ने र त्यही गन्ने कामलाई पनि छिटोछिटो बनाउने,’ उनले भने ।

स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?