काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका पोखरेलले शुक्रवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गरेका हुन् ।
आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउन लागि परेको समेत बताए । केही शक्तिहरुले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको उनको भनाई छ ।
नेता पोखरेलले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुने सुनिश्चित भएको दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया