काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।
जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
त्यसैगरी सरकारले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
त्यस्तै आजको बैठक फागुन २१ को निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया