देशलाई सही ट्रयाकमा ल्याउन एमालेको जित आवश्यक : ईश्वर पोखरेल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै कार्यकर्तालाई सक्रिय भएर अघि बढ्न आग्रह गरेका छन् ।

टोखामा आयोजित चुनावी कार्यक्रममा बोल्दै पोखरेलले मतदाताका गुनासा, आलोचना र स्थानीय समस्याहरू सुन्ने तथा समाधानतर्फ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउन देशभर एमालेको जित अत्यावश्यक छ ।’

पोखरेलले आफ्नो चुनावी प्रचार अभियान जनमुखी हुने र स्थानीय समस्यामा केन्द्रित रचनात्मक पहल गरिने बताए ।

उनी काठमाडौं–५ का उम्मेदवार हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?