बाटो हिँडिरहेका वृद्धमाथि हातपात गर्ने पारस बम पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । सडकमा एक सर्वसाधारण वृद्धमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४२ वर्षीय पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले लोकपथलाई जानकारी दिए ।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

मंगलबार बिहान बाटोमा हिँडिरहेका एक पुरुषमाथि बमले सडकमै हातपात गरेका थिए । उनी आफ्नो गाडीबाट ओर्लिएर हातपात गरेका थिए । सोही समयमा सोही गाडीबाट ओर्लिएकी अर्की महिलाले समेत उनलाई धम्क्याएकी थिइन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारेमा चासो लिएको थियो । साथै बाटोमा हिँडिरहेको व्यक्तिमाथि अमानवीय ढंगले हातपात गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा ट्रेण्ड नै चलाइएको थियो ।

पक्राउ परेका बमको पुर्ख्यौली घर बैतडी र हाल बालुवाटार क्षेत्रमा बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?