मातेको व्यक्तिको सुरुवालमा अजिंगर भेटिएपछि…

जर्मनीको डैर्मस्टैड्समा एउटा मातेको युवकको सुरुवालमा अजिंगर भेटिएपछि पक्राउ गरिएको छ । पक्राउ परेका १९ वर्षीय ती युवकले रक्सीको नशामा अन्य व्यक्तिहरुसँग झगडा गरिरहेको सूचना पाएपछि प्रहरीले सो स्थानमा पुगेको थियो स्थानीय एक व्यक्तिको उजुरीका आधारमा पुगेको प्रहरीले खानतलासी लिदा उनको सुरुवाल धेरै गह्रौं पाइएको थियो त्यसपछि ती व्यक्तिले उनको सुरुवालमा सर्प भएको बताएका थिए । बरामद भएको सानो बच्चा अजिंगरको लम्बाई ३५ सेन्टिमिटर थियो प्रहरीले पक्राउ परेका युवकले आफ्नो सुरुवालमा किन सर्प लुकाएका थिए भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ यद्यपि प्रहरीले त्यो सर्प पक्राउ परेका व्यक्तिका कोही आफन्तको हुनसक्ने अनुमान लगाएको छ प्रहरीले यो घटनामा पक्राउ परेका व्यक्तिले कुनै पशु संरक्षण कानुनको उल्लंघन गरेको छ या छैन भनेर जानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?