रविको मुद्दा फिर्ता लिएकोबारे ओली– ‘सहकारीको पैसा महान्यायाधिवक्ता कार्यालयले दिन्छ ?’

लोकपथ
721
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।

उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगेपनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गरे ।

उनले रविको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले नेपालमा कस्तो सरकार र कस्तो शासन छ भन्ने कुरा हामीले देखिरहेका छौँ । दुनियाँमा कस्तो सरकार र शासन छ त्यसको प्रतिबिम्व नेपालमा पनि छ । अब कसैलाई कुनेै कानून लाग्दैन । कुनै मुद्दा लाग्दैन । कसैको सम्पती खाएपनि मजाले पाइन्छ । मुद्दा लाग्दैन । हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ । चुनावमा हिरो बनाएर चुनावमा अगाडि बढाइन्छ । र यदि नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने काम गरिन्छ । ८२ वर्षका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रामण भयो । यति असभ्य पनि हुन्छ समाज रु उनकै पार्टीका नेता हु भन्नेहरु त्यसको समर्थनमा कराए, विरोधमा कोही बोलेनन् । सहानुभूति सम्म व्यक्त गरेनन् कहाँ पुग्यो नेपाल रु मैले भन्न खोजेको आज थिति र विधिको शासन होइन जसको लाठी त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कंलकित भएको छ । लज्जाको विषय बनेको छ ।’

उनले जेनजी विद्रोहका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु उक्त घृणित कार्यको समर्थनमा उत्रिएको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?