काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । उनले स्वास्थ्यलाई कारण देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘माघ ६ गते हुने मनोनयन दर्तामा उपस्थित हुन र त्यसपछि सक्रिय रूपमा चुनावी गतिविधिमा संलग्न हुन सक्ने अवस्था छैन ।’
थानीको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस भइसकेको थियो ।
६५ वर्षीय थानी यसअघि तीन पटक संघीय संसद् सदस्य भइसकेका छन् । उनी २०५६ र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० मा संविधानसभा सदस्यका रूपमा संविधान निर्माण प्रक्रियामा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया