काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाले पार्टी र देशलाई बदल्ने विश्वास व्यक्त गरेका छन् ।
संस्थापन पक्षबाट कारबाहीमा परेपछि भृकुटीममण्डमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै शर्माले सो दाबी गरेका हुन् ।
साथै आफूहरुमाथि कारबाही परेको भन्दै नेता कार्यकर्ताहरुलाई नआत्तिन समेत आग्रह गरे ।
उनले भने, ‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन ।’
साथै उनले रानजीतिमा कहिलेकाँही उतारचढाव हुने भन्दै त्यसबाट आफूहरु आत्तिने र विचलित हुने काम नहुने समेत बताए ।
‘हामी यसलाई बदल्छौं । कारबाहीमा परेका हामी नै आत्तिएका छैनौं । राजनीतिमा यस्तो हुन्छ । यो स्वभाविक हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया