सहमतिका लागि भएका प्रयासबारे केन्द्रीय समितिमा रमेश लेखकको ‘ब्रिफिङ’

लोकपथ
392
Shares
फाइल तस्बिर

काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेको नेपाली कांग्रेसेको विशेष महाधिवेशन चलिरहँदा सानेपामा भने केन्द्रीय समिति बैठक जारी छ ।

जारी बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले पार्टीभित्र एकता कायम गर्न भएका वार्ता र सहमतिको प्रयासबारे बैठकमा ‘ब्रिफिङ’ गरेका छन् ।

लेखक विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न संस्थापन पक्षबाट बनेको वार्ता समितिका सदस्य समेत हुन् ।

उनले आफूहरुले पार्टी एकताका लागि धेरै लचकता अपनाएको तर पनि एकताको प्रयास विफल हुन पुगेको बताएका छन् ।

‘हामिले धेरै प्रयास गर्यौँ, लचकता अपनायौँ तर पनि अहिलेसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन,’ उनले भनेका छन् ।

त्यसो त यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधरबाट गठित वार्ता समितिसँग लेखक र बालकृष्ण खाँणले संस्थापक पक्षका तर्फबाट वार्ता गरेका थिए । लामो छलफल र वार्ता गर्दा समेत निष्कर्ष निस्कन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?