काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही विकल्पहरूमा विचार गरिरहेको बताएका छन् ।
आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको पछिल्लो अवस्थालाई अमेरिकाले गम्भीरतापूर्वक हेरिरहेको स्पष्ट पारे ।
इरानभित्र बढ्दो अशान्ति, सरकारविरोधी प्रदर्शन र राजनीतिक अस्थिरतासम्बन्धी रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
उनले सेनाले विभिन्न विकल्पहरूको अध्ययन गरिरहेको र प्रशासनले कूटनीतिक तथा सैन्य दुवै तहमा कडा निर्णयहरूबारे सोचिरहेको बताए ।
‘हामी यस विषयलाई निकै गम्भीरताका साथ हेरिरहेका छौँ । सेनाले यसको अध्ययन गरिरहेको छ र हामी केही अत्यन्तै कडा विकल्पहरूबारे विचार गरिरहेका छौँ, ‘ट्रम्पले भने ।
इरानमा पछिल्लो समय सरकारविरोधी आन्दोलनहरू तीव्र बन्दै गएको र राजनीतिक अवस्था अस्थिर बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यही पृष्ठभूमिमा अमेरिकाले आफ्नो रणनीति पुनरावलोकन गर्दै आगामी कदम तय गरिरहेको बुझिएको छ ।
अमेरिकी प्रशासनको सम्भावित कदमले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया