काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो तराई मधेसका केही भू–भागमा मध्याह्नसम्म हुस्सुरकुहिरो पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए पनि बाँकी पहाडी र हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो पर्ने सम्भावना छ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया