देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

लोकपथ
105
Shares

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?