पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली

लोकपथ
147
Shares

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले तराईका धेरै स्थानमा हुस्सु परेको छ भने पहाडी र हिमाली भू–भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने देखिन्छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

राति पनि तराईका धेरै स्थानमा हुस्सुको प्रभाव रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी–हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।

 हुस्सु र कुहिरोले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?