काठमाडौं । ल्याण्डमार्क होटेल समूहले क्रिसमस सेलिब्रेसनका लागि विशेष प्याकेज ल्याएको छ । ल्याण्डमार्क फरेस्ट पार्क चितवनमा बिबिक्यु डिनरसहितको प्याकेज तथा काठमाडौंमा कोठा बुकिङमा २० प्रतिशत छुटको व्यवस्था गरेको हो ।
ल्याण्डमार्क होटेल तथा रिसोर्ट ग्रुपले सार्वजनिक गरेको अफरमा चितवनको सौराहामा रहेको ल्याण्डमार्क फरेस्ट पार्कमा क्रिसमस विशेष अफर ल्याएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको ल्याण्डमार्क फरेस्ट पार्कले क्रिसमसलाई विशेष बनाउने भन्दै प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँमा बिबिक्यु डिनरसहितको बासको अफर सार्वजनिक गरेको हो ।
प्राकृतिक वातावरणमा रमाउने ग्राहकका लागि ल्याण्डमार्क चितवनले मनोरञ्जन र स्वादिलो खानाको अनुभव दिने उद्देश्यले क्रिसमस प्याकेज सार्वजनिक गरेको हो ।

ल्याण्डमार्कको उक्त प्याकेजमा डिलक्स, कटेज वा भिल्ला रुममा एक रातको बसाइ, वेलकम ड्रिंक्स, साँझको हाइ–टी, क्याम्पफायरसहित सफ्ट म्युजिक समावेश रहेको जनाएको छ । प्याकेजमा बीबीक्यूसहितको क्रिसमस इभ बुफे डिनर, भोलिपल्ट क्रिसमस स्पेसल बुफे ब्रेकफास्ट र क्रिसमस विशेष स्लाइस केक समावेश रहेको ल्याण्डमार्कले जनाएको छ ।
ल्याण्डमार्क फरेस्ट पार्कले यो प्याकेजमा प्रति व्यक्ति ४ हजार ५ सय रुपैयाँमा विक्री गरेको छ । यदि कोठामा एक्लै बस्न चाहनेका लागि यो प्याकेज ६ हजारमा विक्री गरिरहेको छ भने जोडीका लागि यो प्याकेज ९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।
साथै पेय पदार्थको सेवन तथा जंगल सफारीमा १० प्रतिशत छुट दिनेसमेत ल्याण्डमार्कले जनाएको छ । साथै १५ जनाभन्दा बढी समूहका लागि ग्राहकको इच्छा र आवश्यकता अनुसार कस्टमाइज्ड प्याकेज समेत उपलब्ध गराउने ल्याण्डमार्कले जनाएको छ ।
काठमाडौंको होटेलमा २० प्रतिशत छुट

क्रिसमसलाई नै आधार मानेर ल्याण्डमार्क काठमाडौंले समेत विशेष प्याकेज सार्वजनिक गरेको छ । दरबारमार्गस्थित ल्यान्डमार्क काठमाडौंले नयाँ वर्ष र क्रिसमसको लागि विशेष अफर सार्वजनिक गरेको हो । होटेलले २४ देखि ३१ डिसेम्बरसम्म लागू हुने गरी ‘योर होलिडे इस्केप’ नामक प्याकेज ल्याएको हो । होटेलले यो अफरमा डिलक्स रुमको शुल्कमा २० प्रतिशत छुट र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । उक्त अफर प्याकेजमा ग्राहकका लागि वेलकम ड्रिंस, डिलक्स कोठामा बसाई तथा बिहान भव्य ब्रेकफास्ट उपलब्ध हुनेछ ।
पोखरामा नयाँ वर्ष विशेष सेलिब्रेसन प्याकेज
त्यसै गरी ल्याण्डमार्क समूहकै पोखराको होटेलले पनि नयाँ वर्ष विशेष प्याकेज सार्वजनिक गरेको छ । पोखराको फेवाताल नजिकै लेकसाइडमा रहेको फोर स्टार होटेल ल्याण्डमार्कले नयाँ वर्ष २०२६ को ‘न्यू एयर इभ सेलिब्रेसन’ प्याकेज ल्याएको हो ।

पोखराको ल्याण्डमार्क न्यू एयर इभ प्याकेजमा एक जोडीका लागि १४ हजार रुपैयाँमा डिनरसहितको आकर्षक प्याकेज सार्वजनिक गरेको हो । प्याकेजमा डिलक्स रुममा एक रातको बास, लाइभ म्युजिकसहितको डिनर, भव्य ब्रेकफास्ट समावेश रहेको जनाएको छ । साथै पाहुनाको इच्छा अनुसार एक–एक गिलास वाइन, बियर वा जुस प्राप्त हुनेछ । त्यसै गरी नयाँ वर्षको अवसरलाई थप रमाइलो बनाउन पाहुनाहरूबाट लक्की ड्र गरी आकर्षक उपहार समेत उपलब्ध हुने जनाएको छ ।
लामो व्यावसायिक अनुभव हासिल गरेको ल्याण्डमार्क होटेल तथा रिसोर्ट ग्रुप आतिथ्य सत्कारका लागि परिचित नाम हो । ल्याण्डमार्कले पोखरा, चितवनको सौराहा तथा नारायणगढ, तनहुँको देवीघाट, भैरहवा र काठमाडौंमा होटेल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।
ल्याण्डमार्क ग्रुपका होटेल तथा रिसोर्टका तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
*infomercial Content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया