होटेल ल्याण्डमार्कमा भ्यालेन्टाइन अफर, निःशुल्क स्टिमदेखि क्याण्डललाइट डिनरसम्म

लोकपथ
2.4k
Shares

काठमाडौं । प्रेम जोडीहरूले प्रतीक्षा गर्ने मुख्य दिन अर्थात् फेब्रुअरी १४ नजिकिँदै छ । एक सातासम्म विभिन्न नाममा मनाइने प्रेम सप्ताह फेब्रुअरी ७ बाट सुरु हुँदै छ । विवाहितदेखि अविवाहित प्रेमिल जोडीहरूले आफ्ना भावना व्यक्त गर्न र आफ्ना प्रेमी वा प्रेमिकासँग समय बिताउन चाहन्छन् । यही समयलाई ल्याण्डमार्क होटेल एन्ड रिसोर्ट ग्रुपले थप विशेष बनाउन भ्यालेन्टाइन प्याकेजको घोषणा गरेको छ ।

फेब्रुअरी ७ देखि १४ तारिकसम्म मनाउने भ्यालेन्टाइन सप्ताह मात्रै होइन फेब्रुअरी महिनालाई नै प्रेमको महिना बनाउन ल्याण्डमार्क होटेल तथा रिसोर्ट ग्रुपले आफ्ना होटेल तथा रिसोर्टमा आकर्षक छुटको घोषणा गरेको छ । ग्रुपले पोखरा, चितवन, भैरहवा तथा काठमाडौंमा रहेका होटेल तथा रिसोर्टमा प्रेमिल जोडीका लागि निःशुल्क सौना, स्टिम, क्याण्डल लाइट डिनर तथा क्यानोइङसम्मको व्यवस्था गरेको छ ।

यी सबै शुल्क जोड्दा हुन आउने रकमका करिब ३३ प्रतिशतसम्म छुट दिएर भ्यालेन्टाइन मन्थका रूपमा अफर दिन लागिएको ल्याण्डमार्क ग्रुपले जनाएको छ ।

आकर्षक तथा सेवा सुविधाले सम्पन्न ल्याण्डमार्क ग्रुपका होटेल तथा रिसोर्टहरुले छुट्टाछुट्टै अफर सार्वजनिक गर्दै फेब्रुअरीलाई भ्यालेन्टाइन मन्थका रूपमा सेवा दिने जनाएको हो । ग्रुपले फेब्रुअरी ७ देखि २८ सम्म लागू हुने गरी आकर्षक छुटमा प्याकेज सार्वजनिक गरेको बताएको छ । जसमा डिलक्स रुम, ब्रेकफास्ट, डिनर, स्टिम, सौना, स्विमिङ तथा क्यानोइङसम्मको सुविधा प्रदान गरिएको छ । त्यसबाहेक एयरपोर्टबाट ल्याउने र एयरपोर्टमा पुर्‍याउनेसम्मको सेवा दिन लागिएको ल्याण्डमार्कले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य पर्यटकीय केन्द्र रहेको पोखरामा पनि ल्याण्डमार्क होटेलले भ्यालेन्टाइन विशेष प्याकेज उपलब्ध गराएको छ । पोखराको पनि मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको ल्याण्डमार्क पोखरामा पनि एक रात दुई दिन वा दुई रात तीन दिनको आकर्षक प्याकेज सार्वजनिक गरिएको छ ।

‘सेलिब्रेट द मन्थ अफ लभ’ थिममा ल्याण्डमार्क पोखराले १५ हजार रुपैयाँमा एक रात दुई दिन तथा २३ हजार ५ सय रुपैयाँमा दुई रात तीन दिनको प्याकेज सार्वजनिक गरेको हो ।

ल्याण्डमार्क होटेल पोखरामा फेब्रुअरी ७ देखि २८ सम्म जाने ग्राहकहरूले भ्यालेन्टाइन स्पेसल डेकोरोसनसहित डिलक्स रुम, क्याण्डल लाइट डिनर, एक बोतल वाइन, फ्रुट बास्केट तथा भोलिपल्ट बिहानको ब्रेकफास्ट पाउनेछन् । साथै होटेलमै रहेको स्टिम र सौना निःशुल्क प्रयोग गर्न पाइनेछ भने स्विमिङ पुलमा रमाउन चाहने ग्राहकले निःशुल्क स्विमिङ पुलको मज्जा लिन सक्नेछन् । पोखरा बाहिरबाट विमानस्थल हुँदै जाने प्रेमी-प्रेमिका वा जोडीले एयरपोर्टबाट पिक अप तथा ड्रपको व्यवस्थासमेत होटेलले नै गरिदिनेछ । ल्याण्डमार्क पोखराले यो सुविधा फेब्रुअरी महिनाभर प्रदान गर्नेछ ।

चितवनको पर्यटकीय नगरी सौराहामा रहेको ल्याण्डमार्क फरेस्ट पार्कमा पनि निःशुल्क क्यानोइङसहित भ्यालेन्टाइन मन्थ सेलिब्रेसनको सुविधा हुनेछ । फेब्रुअरी ७ देखि २८ तारेकसम्म पाइने विशेष प्याकेजमा अन्य स्थानमा भन्दा फरक भने यहाँ क्यानोइङको विशेष व्यवस्थासमेत हुनेछ ।

ल्याण्डमार्क फरेस्ट पार्क चितवनको प्याकेजमा प्रेमिल जोडीहरूले भ्यालेन्टाइन स्पेसल डेकोरोसनसहित डिलक्स रुम, क्याण्डल लाइट डिनर, एक बोतल वाइन, फ्रुट बास्केट तथा भोलिपल्ट बिहानको ब्रेकफास्ट पाउनेछन् । ल्याण्डमार्क फरेस्ट पार्क चितवनले सोही मूल्यमा निःशुल्क क्यानोइङ तथा रिसोर्टमा रहेको स्विमिङ पुलमा समेत निःशुल्क सेवा लिन पाउनेछन् ।

विमानबाट चितवन पुग्ने ग्राहकहरूलाई भरतपुर विमानस्थलबाट पिक अप तथा ड्रपको व्यवस्थासमेत रिसोर्टले नै गरिदिनेछ । ल्याण्डमार्क फरेस्ट पार्क, सौराहा चितवनमा यो प्याकेज फेब्रुअरी महिनाभर लागू हुनेछ ।

भैरहवामा रहेको ल्याण्डमार्क होटेलले पनि ‘सेलिब्रेट द मन्थ अफ लभ’ थिममै भ्यालेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको होटेल ल्याण्डमार्कले सस्तो मूल्यमै आकर्षक प्याकेजको घोषणा गरेको हो ।

भ्यालेन्टाइन मन्थ अर्थात् फेब्रुअरी महिनाभरिका लागि ल्याण्डमार्क होटेल भैरहवाले एक रात दुई दिनको लागि १२ हजार ५ सय र दुई रात तीन दिनका लागि १८ हजार रुपैयाँमा विशेष प्याकेजको घोषणा गरेको हो ।

ल्याण्डमार्क होटेल भैरहवामा प्रेमिल जोडीहरूले भ्यालेन्टाइन स्पेसल डेकोरोसनसहित डिलक्स रुम, क्याण्डल लाइट डिनर, एक बोतल वाइन, फ्रुट बास्केट तथा भोलिपल्ट बिहानको ब्रेकफास्ट पाउनेछन् । ल्याण्डमार्क होटेल भैरहवामा रहेको स्विमिङ पुलमा पनि उनीहरूले निःशुल्क मजा लिन सक्नेछन् भने भैरहवा बाहिरबाट आउने ग्राहकहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पिक अप तथा ड्रपको सुविधा पाउनेछन् । ल्याण्डमार्क होटेल भैरहवामा यो सुविधा फेब्रुअरी महिनाभर जारी रहनेछ ।

काठमाडौंको गैरीधारामा रहेको होटेल ल्याण्डमार्कको भ्यालेन्टाइन विशेष प्याकेजमा एक रात दुई दिन तथा दुई रात तीन दिनको प्याकेज रहेको छ । जसमा एक रात दुई दिनको प्याकेजको मूल्य १३ हजार ४ सय तथा दुई रात तीन दिनको प्याकेज १८ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

काठमाडौंमा बस्ने प्रेमिल जोडीहरूले भ्यालेन्टाइन स्पेसल डेकोरोसनसहित डिलक्स रुम, सोही रात क्याण्डल लाइट डिनर, एक बोतल वाइन, फ्रुट बास्केट तथा भोलिपल्ट बिहानको ब्रेकफास्ट पाउनेछन् । बाहिरबाट आउने प्रेमी–प्रेमिकाका लागि एयरपोर्टबाट पिक अप तथा ड्रपको व्यवस्थासमेत होटेलले नै गरिदिनेछ । ल्याण्डमार्क होटेल काठमाडौंले यो सुविधा फेब्रुअरी महिनाभर प्रदान गर्ने बताएको छ ।

होटल ल्याण्डमार्क, काठमाडौं

होटल ल्याण्डमार्क, पोखरा

ल्याण्डमार्क फरेस्ट पार्क, चितवन

होटेल ल्याण्डमार्क, भैरहवा

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?