काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ५२ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज १ हजारले घटेर २ लाख ५१ हजार ९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया