बस् ‘आदर्श’ कतै नजाओस्

लोकपथ
434
Shares

अनुशासन भत्काओस् या सुशासन मक्काओस्,
काम बदनाम भए पनि आदर्श नाम होस् ।।

सेटिङ चलाओस् या सचिवालयलाई पारिवारिक क्लब बनाओस्,
बस् बालुवाटारबाट आदर्श कतै नजाओस् ।।

जेन–जी, मिडिया र सञ्जाल कराए कराओस्,
नियुक्ति, सरुवामा सुशासन हराओस् ।।

नेपो बेबीका लागि सुशासनको बली नै चढाओस्,
बस् सचिवालयबाट आदर्श कतै नजाओस् ।।

शहीदको सपनामा बरु धावा बोलोस्,
श्रीमती, साली सहितको सचिवालय बनाओस् ।।

विरोध गर्ने सबैको सेखी झारोस्,
बस् सचिवालयबाट आदर्श कतै नजाओस् ।।

सुशासन, अनुशासनको धज्जी उडाओस्,
नेपो बेबीको विरोध गर्नेलाई हटाएर सचिवालय सानो बनाओस्,
जेन–जीको सपना हराए हराओस्,
बस् बालुवाटारबाट आदर्श कतै नजाओस् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?