रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।

साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार, बुधबार साँझ पक्राउ परेका पाँडेलाई सुरुमा सरकारी वकिलको कार्यालयमा पेस गरिनेछ र त्यसपछि अदालतमा लगिनेछ ।

एसपी अवस्थीका अनुसार पाँडेललाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?