काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसले असार ४ बुधबारका लागि आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो ।
बिहान ८ः३० बजेका लागि पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको बताइएको छ । उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
त्यसो त कांग्रेसले आगामी असार १५ गतेका लागि बैठक बोलाएको थियो । तर त्यसअघि नै आकस्मिक बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया