काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।
आज बसेको न्यायपरिषद्को बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो ।
जसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहेका छन् ।
पोखरेल वरिष्ठ अधिवक्ता हुन् भने पौडेल उच्च अदालत जनकपुरको मुख्य न्यायाधीश तथा थापा उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहेका थिए ।
न्याय परिषद्ले उनीहरुको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया