काठमाडौं । काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । त्यसपछि दुई जना कारोबारी पक्राउ परेका छन् ।
आज मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरका कारोबारीमाथि गोली चलाएको हो ।
ब्युरोका प्रवक्ता एवं एसपी जनकबहादुर शाहीका अनुसार, गोली चलाउँदा दुई जना घाइते भएका छन् । घाइते भएका दुवै जना प्रहरी हुन् ।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको र उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया