पूर्व युवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

लोकपथ
938
Shares

काठमाडौं । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् 

रोजि राणा-प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । 

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

समुन्द्री सतहबाट २ हजार ३ सय मिटरभन्दा माथि अवस्थित जुम्ला आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ । जुम्लाको मार्सी धान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?