१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयुमा वैद्य,  कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
1.1k
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आईसीयुमा उपचाररत छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसीयुमा राखेर उपचार भइरहेको हो । 

पुरानो रोग दम बढेपछि उनी शिक्षण अस्पतालको आईसीयुमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । 

अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो । वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का महासचिव तथा संयोजक हुन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?