यी हुन् रहस्यमयी शासकका रहस्यमयी श्रीमती, विश्वमा छ खुल्दुली

काठमाडौं, १९ कात्तिक— उत्तर कोरियाली तानशाह किम जङ उनको श्रीमती रि सोल जु भएको बताइँदै आएको छ । तर, उनीबारे थप यथार्थता पाउन भने कठीन छ । रहस्यमयी उत्तर कोरियाले किम जङ उन र उनका परिवारबारे  निकै गोपनियता अपनाउने पर्छ बीसीसीका अनुसार सन् २०१२ को गर्मीयामदेखि रि सोल—जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल—जु किम जङ—अनकी श्रीमती भएको बताउन थालेका थिएकेही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन्। तर, अर्का केहि सञ्चारमाध्यकको दाबी छ कि उनी राष्ट्रिय खेलकुद टोलीकी चीयरलीडर थिइन् । आधिकारिक कुरा बाहिर नआएकाले धेरै भ्रममा पर्नु नौलो होइन उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनका अनुसारचाहिँ किनसँग रि सोल जुको बिहे सन् २००९—१० मा भएको थियो। त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन् रि सोल जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैनउनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध नगराएपनि ३० वर्षभन्दा बढी नभएको ठानिन्छसधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङसँगै देखिने रि सोल(जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छपछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायतका कार्यक्रममा रि सोल जु किम जङसँगै देखिएकी थिइन्मिडिया रिपोर्टहरुका अनुसार रि सोल जुको तीन बच्चा रहेका छन् पहिलो बच्चा सन् २०१० मा, दोस्रो बच्चा सन् २०१३ मा र तेस्रो बच्चा पाएको बताइन्छ तर बाह्य संसारलाई बच्चाहरुको लिङ्गबारे थाहा हुन नसकेकोले किम जङको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?