काठमाडौँ । सरकारले वार्षिक १० करोडसम्मको कारोबार गर्ने स्टार्टअप व्यवसायलाई आगामी ५ वर्षसम्म आयकरमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले होटेल, रिसोर्ट आदिलाई उत्पादनमूलक उद्योगका रूपमा राखी आयकर र विद्युत् महसुलमा छुट दिने तथा सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने वार्षिक १० करोडसम्मको आयमा पनि आयकर छुट दिने घोषणा गरेका हुन् ।
बजेटमा भनिएको छ,‘नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको छु । १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था मिलाएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया