काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो ’ सार्वजनिक भएको छ ।
मंगलबार पृथ्वी खनाल नामक यूट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
खनालकै शब्द र संगीत, शाहस शाक्यको संगीत संयोजन रहेको गीतमा भ्वाइस अफ नेपाल–६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई दृष्टिबिहिन प्रतिभा बिकास थारुले साथ दिएका छन् ।
म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने रोश्नि कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।
गायक खनाल भ्वाइस अफ नेपाल–२ बाट चर्चा बटुल्न सफल गायक हुन् ।
फरक शैलीमा विभिन्न गित मार्फत पहिचान बनाएका छन् । गीतसंगीतमा रुची राख्ने खनाल सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रहेका छन् ।
त्यसो त यसअघि उनको ‘शिव ताण्डव’, ‘नेपाल वल्र्डकपमा’ लगायत गीतहरु सार्वजनिक भइसकेका छन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया