बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

लोकपथ
868
Shares

काठमाडौं ।  बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक  आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?