काठमाडौं । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले सोमबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्ताव र रास्वपाका सन्तोष परियार, नेकपा एसका शेरबहादुर कुँवर, आमजनता पार्टीका प्रभु साह र जनमोर्चाका चित्रबहादुर केसीको समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । जसमा आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको छ ।
उनीहरूले सरकार र शिक्षक महासंघसँगबीचका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीहरूको पठनपाठन सुचारु गर्न, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन छलफलको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया