पदभार ग्रहण गर्दै नवनियुक्त शिक्षामन्त्रीले के भने ?

लोकपथ
3.6k
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताए । उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिए ।  वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताए । 

उनले भने, ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । यो समस्याको बारेमा जानकार त छु । तर मन्त्रालयको प्रशासन, अरू साथीहरूले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ । म उहाँहरूलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन । त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन । भइरहेका प्रयत्नहरू बुझौँ अनि भन्न सकिन्छ । अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ । म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु । मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ ।’ मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?