नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

लोकपथ
1.7k
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा शिक्षामन्त्री पन्तले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्री पौडेललाई शपथग्रहण गराएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका थिए । सोमबार शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएसँगै पन्तलाई नयाँ शिक्षामन्त्री नियुक्त गरिएको हो ।

शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षा मन्त्री बनेका पन्तलाई शिक्षकहरुको माग सम्बोधन गर्नुपर्ने चुनौती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?