रविको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने

लोकपथ
3.7k
Shares

काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार दुई न्यायाधीश रहने संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो । 

रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन् । 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा गरेको रिहाइ चित्तबुझ्दो नभएको भन्दै रवि उच्च अदालत गएका थिए । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेको थियो । 

उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् । 

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?