काठमाडौं । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता बालकहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।
बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन् । उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजीकार्यमा परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया