वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय

लोकपथ
1.8k
Shares
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व घोषित आन्दोलन निषेधित क्षेत्रमै गर्ने निर्णय गरेको छ । आज बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजको बैठकले पार्टी संगठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा पूर्व घोषित मिति वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शनहरुको कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।’

त्यस्तै उपत्यकामै सबै तहमा नेताहरु पुगेर आन्दोलनहरुलाई मजबुत बनाउने निर्णय गरेको समेत उनले बताए ।
तीनकुने घटनापछि पक्राउ परेका पार्टीका महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका नेताहरुलाई रिहाइको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?