काठमाडौं । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बिहीबार बिहान इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।
दुर्घटनापछि बस चालक बाराको कोल्बि नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस दुर्घटनास्थलमै रहेको र सडक भने सञ्चालनमै रहेको प्रहरीको भनाइ छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया