मधु र सागरले ल्याए ‘सनाइ ढोलकी’ (भिडियोसहित)

लोकपथ
336
Shares

काठमाडौं । कलाकार मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ ।

शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ ।

यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?