डराएर राजिनामा दिए प्रधानमन्त्रीले

लेबनान, १८ कात्तिक – लेबनानी प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै शनिबार राजिनामा दिएको घोषणा गरेका छन् ‘मैले प्रधानमन्त्री पदबाट राजिनामा दिएको छु,’ साउदी अरबको अल अरेबीया समाचार सञ्जालमार्फत प्रसारण गरिएको सम्बोधनमा जनाइएको छ ‘मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु,’ दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले भने हरीरीका पिता रफिकको पनि प्रधानमन्त्री नै रहेको समयमा सन् २००५ मा हत्या गरिएको थियो । रफिकको हत्यामा इरान तथा लेवनानीे सिया समूह हेजबुल्लाहको सम्लग्नता रहेको बताइदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?