काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी

लोकपथ
714
Shares

मकवानपुर । काभ्रेको काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । त्रिविअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनमा काभ्रेको काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको हो ।

नेविसंघका उम्मेदवार रोहिन पराजुलीले २७२ मत गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्वियुका मिलन गौतमले ११९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सचिव पदमा नेविसंघका उम्मेदवार तीर्थ कुमारी भुर्तेल, कोषाध्यक्ष पदमा नेविसंघबाट मनिष श्रेष्ठ र सदस्यमा नेविसंघबाट सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र सुनिता गुँइत विजयी भएका छन् भने एक सदस्यमा अनेरास्ववियू (समाजवादी) तर्फबाट सन्ध्या गिरी विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?