काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली स् सपना, संघर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया