विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैन : प्रेम सुवाल

लोकपथ
238
Shares

काठमाडौैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् । 

संसद् भवनको परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको प्रतीक चिन्हमा भिक्षा देऊ भनेर राख्न मात्र बाँकी रहेको बताएका छन् । उनले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?