शिवेन्द्र बस्नेतको खण्डन : अमेरिका वैध बाटोबाट गएको हो, कान्छी श्रीमतीसँगको विवाद जारी छ

लोकपथ
0
Shares

काठमाडौं । बुद्ध एयरको विवादको सम्बन्धमा लोकपथ डटकममा प्रकाशित समाचारको सम्बन्धमा शिवेन्द्र बहादुर बस्नेतले खण्डन पठाउँदै आफू वैध बाटोबाट अमेरिका गएको, जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नभएको र कान्छी श्रीमतीसँगको विवाद जारी रहेको बताएका छन् ।

लोकपथलाई प्राप्त तीन पृष्ठ लामो खण्डनमा उनले शिवानी एयर आफूले मुनिन्द्र रञ्जितकारलाई विक्री गरिसकेको अवस्थामा पछि बन्द भएकाले आफ्नो कुनै भूमिका नरहेको बताएका छन् ।

त्यसै गरी छोरालाई सेयर नदिई बुहारी र नातिनातिनालाई सेयर दिएको सम्बन्धमा शिवेन्द्रले आफू अमेरिकामा रही व्यापार व्यवसाय गरेको कारण समय दिन नभ्याउने भएकाले आफूलाई सेयर नदिई अन्यलाई दिएको उल्लेख गरेका छन् । बुवाले नपत्याएर सेयर नदिएको समाचारमा सत्यता नरहेको उनको भनाइ छ ।

एयर होस्टेसलाई कान्छी श्रीमती बनाएको विषय अहिले अदालतमा विचाराधीन रहेको भन्दै उनले थप केही उल्लेख गरेका छैनन् ।

बुद्ध एयरविरुद्ध नै मुद्दा मामिला सम्बन्धमा उनले आफ्नो परिवारको हक अधिकार खोजेको कुरा उल्लेख गरी कसैलाई सिद्ध्याउन खोजेको होइन भनी प्रष्टीकरण दिएका छन् ।

त्यसै गरी शरणार्थीका रूपमा अमेरिका भासिए भन्ने समाचारको खण्डन गर्दै उनले तत्कालीन राजनीतिक कारण आफू वैद्यरूपमा अमेरिका पुगेको उल्लेख गरेका छन् । यद्यपि के कसरी अमेरिकी नागरिकता प्राप्त गरे भन्ने सम्बन्धमा भने उनले खुलाएका छैनन् ।

हेर्नुहोस् खण्डनको पूरा विवरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?