सञ्चारमन्त्री गुरुङ आरोप– ‘अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो’ 

लोकपथ
693
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । 

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले नेपाल ग्रे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । 

अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानुनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाए । एपीजी (एशिया/प्रशान्त क्षेत्रका  सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तर सरकारी समूहले दिएको प्रतिवेदनले आैँल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको उनको भनाइ छ  । 

अब १ वर्ष भित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताए । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गाली गरे पनि नेपाल सम्पत्ति शुद्धि करणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए । अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानुनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताए । योजनाबद्ध रूपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?