एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन : हरि ढकाल 

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका हुन् ।

उनले पार्टीले संसद्मा बहुमत पुर्‍याएको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने बताए ।

उनले राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो त्यसरी नै ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरूको अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउने दाबी गरे ।  उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोपसमेत लगाए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?