सरकारले संसदमा बलमिच्याईं गर्न खोज्यो : सांसद शर्मा 

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिच्याईं गर्न खोजेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन् ।

उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन् । साथै सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरुमा समितिको बैठक राख्ने गरेको बताइन् ।

संसद्मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफसमेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको सांसद शर्माको आरोप छ । उनले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?