राष्ट्रसंघमा युक्रेनको पक्षमा उभियो नेपाल : भारत र चीन गयल हुँदा अमेरिकाद्वारा युक्रेनको विपक्षमा मतदान

लोकपथ
4.4k
Shares

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघको महासभामा ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो ।

भारत र चीनले मतदानमा भाग नलिँदा नेपाल युक्रेनको पक्षमा उभिएको हो । युक्रेनको न्याय र शान्तिका पक्षमा नेपालसहित ९३ देश उभिइँदा १८ देश विपक्षमा उभिएका छन् । ६५ देश भने मतदानमा गयल रहे ।

यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने युक्रेनको विपक्षमा मतदान गरेको छ । यसले विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ ।

युक्रेनको पक्षमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू उभिँदा इजरायल र हंगेरी विपक्षमा उभिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?