कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु

लोकपथ
308
Shares

काठमाडौं । कैलालीमा भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । सोमबार लम्कीचुहा नगरपालिका-१ मा सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानले ठक्कर दिँदा सोही स्थानका ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ पैदल हिँडिरहेका बेला भ्यानले ठक्कर दिँदा घाइते भएका बालकको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?