काठमाडौं । भिजिट भिषामा नेपाल आएका बंगलादेशी युवाले नेपाली तथा बंगलादेशी नागरिकहरुलाई अन्य देशमा पठाइदिने भन्दै ठगी गरेको पाइएको छ ।
केही समय अघि भिजिट भिषामा नेपाल आएका २८ वर्षीय बंगलादेशी नागरिक एनिक एम्ब्रोज रोजारियोले काठमाडौंको नयाँ बसपार्कबाट गैरकानुनी धन्दा गर्ने गरेको खुलेको हो ।
उनले ५ जना नेपाली र एक जना बंगलादेशी नागरिकको पासपोर्ट समेत आफ्नो साथमा राखेका थिए, साथै उनीहरुबाट लाखौँ ठगी समेत गरेका थिए ।
रोजारियोले माल्टा सर्विया लगायतका देशमा पठाइदिन्छु भन्दै ठगी गरेको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनलाई हिजो अपरान्ह ४ बजेको समयमा काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरी हाल थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
उनको साथबाट ५ थान नेपाली राहदानी र एक थान बंगलादेशी राहदानी र एउटा मोबाइल समेत जफत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया