राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुरे दोहनविरुद्ध संघर्ष गर्ने

लोकपथ
182
Shares

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपालले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा बोल्दै महतोले यस्तो घोषणा गरेका हुन् ।

उनले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए । चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ छ ।

उनले भने, ‘संघर्षहरुको सम्बन्धहरुमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष । मधेस सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’

विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलबारसम्म जारी रहने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?