काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, खाँदबारी नगरपालिका–९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका–१२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, उर्लाबारी नगरपालिका–९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु सोही ठाउँस्थित घरको प्यासेजमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका–२८ जगरनाथपुरस्थित भेडा खोलामा सोही महानगरपालिका–२७ बस्ने १९ वर्षीय बिशाल राउत आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा सम्बन्धित प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया